सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुला गरिएको थियो । न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो । सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो ।
चीन र भारतबीचको युद्ध अन्त्य
सीमा विवादलाई लिएर एसियाका शक्तिशाली दुई देश भारत र चीनले बारम्बार युद्ध गरेका छन् । त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो । सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि अर्थात आजकै दिन समाप्त भएको थियो । चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेपछि एक महिना लामो युद्ध समाप्त भएको थियो ।
आयरल्यान्डको ब्लडी सन्डे
सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद घटना भएको थियो, जुन अहिले पनि इतिहासमा सम्झिइन्छ। ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी (आइआरए) ले ३० ब्रिटीश नागरिकको हत्या गरिदिएको थियो ।-न्यूज कारखाना
प्रतिक्रिया