मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सर्वोच्चमा अबदेखी मुद्दाको पेशी सूची निर्धारण गोला प्रक्रियाबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोच्च अदालत नियमावली २०७४ मा भएको संशोधन राजपत्रमा प्रकाशित भएसँगै अब मुद्दाको पेशी सूची निर्धारण गोला प्रक्रियाबाट हुने भएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ मा गरेको संशोधन आज राजपत्रमा प्रकाशित भएको हो । योसँगै प्रधानन्यायाधीशले तोक्दै आएको पेशी सूची अब गोला प्रक्रियाबाट हुनेछ । संशोधित नियमावलीमा अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलास गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुने उल्लेख गरिएको छ ।

कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसले वैधानिकता पाउने कानुनी व्यवस्था छ । यसैबिच, सर्वोच्च अदालतले आजका लागि गठन भएका १२ मध्ये ११ वटा इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।

आजका लागि गठन भएका १२ वटा इजलासमध्ये ११ संयुक्त इजलासमा सुनुवाइ भए पनि एक एकल इजलासमा समय अभावका कारण सुनुवाइ नभएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउत सहितको अर्को संयुक्त इजलास पनि भएकाले समय अभावका कारण उहाँको अर्को एकल इजलासमा रहेको सबै ३० वटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि पेशी तोक्नुभएको ४ सय ५४ वटा मुद्दामध्ये आज २८ वटा मुद्दामा सुनुवाइ भएको छ ।

सुनुवाइ भएका २८ मध्ये २५ वटामा फैसला र ३ वटा मुद्दामा आदेश जारी भएका छन् भने ४ सय २६ वटा मुद्दा आज पनि हेर्न नभ्याइने सुचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र प्रधानन्यायाधीशको इजलास समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले सोही अनुसार आज आफू बाहेकका १२ वटा इजलास गठन गर्नुभएको थियो ।

सर्वोच्चको पूर्ण बैठकले गोला प्रथाबाट पेशी तोक्ने गरी नियमावली संशोधन गरेपछि असन्तुष्ट न्यायाधीशहरू इजलास फर्कनुभएको थियो ।

गत बुधवार सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरे पनि सो व्यवस्था राजपत्रमा प्रकाशन नभएका कारण गोला प्रथा भने सुरु हुन सकेको छैन ।

न्यायिक गरिमा कायम राख्न नसकेको भन्दै सर्वोच्चकै न्यायाधीशहरू प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट छन् ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले धर्ना र विरोधको कार्यक्रमलाई आज पनि जारी राखेको छ ।

आज पनि सर्वोच्च परिसरमा बिहान २ घण्टा धर्ना दिएको बारले प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै आज सभामुख अग्निप्रसाद सापकोटासहित विभिन्न राजनीतिक दलका नेतालाई  ज्ञापन पत्र बुझाएको छ ।

सरकारमा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

विरोध कार्यक्रमअन्तर्गत आइतबार कानून व्यवसायीहरूले सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी रोकेका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ मंग्सिर १, मंगलबार
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार