काठमाण्डौंः इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राख्नुभएको हो । उहाँले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गर्नुभएको थियो ।
उहाँले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।
उहाँले भन्नुभएको छ– हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रुपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रुपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ ।
साथै उहाँले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गर्नुभएको छ ।
यसरी गरिने हिंसा र आतङ्कका घटनाहरुबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उहाँले बताउनुभएको छ । रासस-सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया