असार २३, २०८२ सोमबार July 7, 2025

डुंगा डुब्दा ३१ आप्रवासीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिनुभएको छ । उहाँले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताउनुभयो ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया