असार २३, २०८२ सोमबार July 7, 2025

सैन्य ‘कू’को विरुद्ध हजारौँ सुडानी प्रदर्शनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा विहिबार हजारौले प्रदर्शन गरेका छन् ।

विभिन्न पक्षसँग भएको सम्झौता विपरित गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले सैन्य ‘कू’ अमान्य रहेको र सर्वपक्षीय सरकार बनाउनु पर्ने माग राखेका छन् । उनीहरूले जनताको शक्ति जनताका प्रतिनिधिलाई नै दिन पनि सैनिक नेतृत्वसँग माग गरेका छन् ।

सैनिक जनरल अब्दुल फताह अल बुर्हानले गत अक्टोबर २५ मा प्रधानमन्त्री अब्दुल्ला हमडकलाई अपदस्त गरिएको घोषणा गर्नु भएको थियो । तर देशव्यापी आन्दोलन र अन्तराष्ट्रिय दवाबका कारण गत आइतबार मात्रै उहालाई पुनर्वहाली गरिएको थियो ।

प्रदर्शनकारीले भने सैन्य नेतृत्वप्रति अविश्वास गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन सुरु भएदेखि अहिलेसम्म देशभरी ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

तत्कालिन शासक ओमर अल बशिरलाई अपदस्त गरेपछि सन् २०१९ देखि हमडकलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो । रासस- एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया