मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टीः३ सय २ जना कोरोना मुक्त, २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना भाइरस संक्रमणबाट आज थप २ सय ७० जना संक्रमित थप भएका छन् ।

आज ७ हजार ८ सय २९ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ३ सय २ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ७ हजार २ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया