असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानको पञ्जाबमा ६ जना आतंककारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै गुप्तचरमा आधारित कारबाहीमा छ जना आतंककारीलाई पक्राउ गरिएको प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (CTD) ले सोमबार जनाएको छ।

पञ्जाबको सीटीडीले स्थानीय  सञ्चार माध्यमले बताएअनुसार  ती आतंकवादीहरूलाई गुप्तचर सूचनाका आधारमा शुरु गरिएको अपरेसनको स्ट्रिङमा पक्राउ गरिएको थियो।
आतङ्ककारीहरूले प्रदेशमा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको जनाकारीमा आएको छ । प्रहरीले समयमै गरेको कारबाहीले प्रदेशलाई सम्भावित आक्रमणबाट जोगाएको प्रहरीले जनाएको छ  ।

प्रहरीले आतङ्ककारीहरूको कब्जाबाट ठूलो मात्रामा विष्फोटक पदार्थ, अत्याधुनिक हतियार, ह्यान्ड ग्रेनेड र अन्य संवेदनशील सामग्रीहरू पनि बरामद गरेको जनाइएको छ। -रासस-सिन्हा

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया