काठमाण्डौंः श्रीलंकामा यसवर्षको शुरुदेखि अहिलेम्म कम्तीमा पनि १ लाख पर्यटक पुगेका छन् ।
यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजारभन्दा केही बढी पर्यटक पुगेका छन् ।यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् ।
तर यो नोभेम्बर महीनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । योसमेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या १ लाख नाघेको हो ।यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र यहाँ धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।
श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट यहाँका बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ । रासस/ सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया