असार २३, २०८२ सोमबार July 7, 2025

भारत र रुसबीच सम्झौता, राष्ट्रपति पुटिन आज भारत आँउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने ।  भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।”

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसकाबीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेका छन् । रासस- एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया