असार २३, २०८२ सोमबार July 7, 2025

विश्व इतिहासमा आजः अफगानिस्तानमा पहिलो जननिर्वाचत राष्ट्रपतिदेखि दोस्रो विश्वयुद्धमा अमेरिका तानिएको त्यो हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

अफगानिस्तानका पहिलो जननिर्वाचत राष्ट्रपति

सन् २००४ मा हमिद करजाइ इस्लाम गणतन्त्र अफगानिस्तानको पहिलो राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुरिनेमका सर्वसाधरणको नरसंहार

सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेको भन्दै उनीहरुको हत्या गरिएको थियो ।

पर्ल हार्वरमा हमला

सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राष्ट्र

सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । अमेरिकी संविधान पहिलो पटक अनुमोदन गरेका कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।

पूर्वी टिमोरमाथि अतिक्रमण

स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया