मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

राेहिंज्याँ मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे अ‌ाराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंज्याँ शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेकाे भन्दै राेहिंज्याँ शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।

सन् २०१७ मा सेनाकाे दमनका कारण बाैद्ध धर्मालम्बीकाे बाहुल्यता रहेकाे म्यानमारमा करिव १० हजार राेहिज्याँ शरणार्थी मारिएकाे अनुमान छ । सेनाकाे दमनपछि लाखाैं राेहिंज्याँ देश छाेडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेकाे विषयमा फेसबुकले कुनै टिप्पणी गरेकाे छैन् ।

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षाैंदेखि प्रवाह गरेकाे फेसबुकमाथि अ‌ाराेप लाग्दै अ‌ाएकाे छ ।

केही शरणार्थीेकाे पक्षमा काम गर्दै अ‌ााएकाे बेलायकाे एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेकाे जनाइएकाे छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी हाेचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्राेत्साहन गरेकाे निवदेनमा जनाइएकाे छ ।

राेहिंज्याविरुद्ध भइरहेका गालीग्लाैज गर्ने व्यक्तिकाे अकाउन्ट डिलिट नगरेकाे पनि निवेदनमा जनाइएकाे छ । सञ्चारमाध्यम र दातृ संस्थाकाे चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेकाे फेसबुकमाथि अ‌ाराेप लागेकाे छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्काेमा राेहिंज्याकाे तर्फबाट उजुरी परेकाे छ । म्यानमारमा फेसबुका २ कराेड प्रयाेगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम रोहिंज्याँले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ ।

म्यानमारकाे उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार