असार २३, २०८२ सोमबार July 7, 2025

मालीमा सात शान्ति सैनिकको हत्या, संयुक्त राष्ट्रसंघद्धारा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएको बताइएको छ ।

बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो । सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् । सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन् । उनले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताएका छन् ।रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया