मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ ।

ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताउनुभएको छ ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार