असार २३, २०८२ सोमबार July 7, 2025

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको विदेश मन्त्रालयले शनिबार जनाएको छ ।

यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ । “अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ विदेश मन्त्रालयले जनाएको छ ।

शुक्रबार विशेष उडानले अफगानिस्तानबाट हिन्दू-सिख अल्पसंख्यक समुदायका सदस्यहरू सहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेशन अन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ।

“अपरेसन देवी शक्ति” अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दू/सिख अल्पसंख्यक समुदायका सदस्यहरू रहेका छन्। सन् २०२१ को अगस्ट महिनाको शुरुमा अफगानिस्तानबाट ४३८ भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो। रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया