काठमाडौं । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारसुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ। बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु एक हजारले सुनको मूल्य घटेको थियो।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ३०० पुगेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबारको तुलनामा रु १५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु ८८५ पुगेको छ।
नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० निर्धारण गरेको थियो।
सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाब देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो। अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ।
विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया