असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।

अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ ।

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार