असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले धनकुटाको इन्चार्जमा राजेन्द्र राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘म्यान अफ द इलेक्सन’ घोषित एमाले केन्द्रीय सदस्य राजेन्द्र राई एमाले धनकुटाको इन्चार्जमा मनोनीत हुनु भएको छ। धनकुटामा स्थानीय, प्रदेश र सङ्घीय चुनावमा सबै सिट दिलाएर चर्चामा आउनु भएका राई एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो।

एमालेको हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले राईलाई इन्चार्जको जिम्मेवारी दिएको हो । २०७४ मा धनकुटा यस्तो जिल्ला बन्यो, जुन जिल्लामा एमाले बाहेक अन्य सबै पार्टी मिल्दा पनि कुनै स्थानीय तह जित्न सकेनन् । अर्थात् धनकुटामा एमालेले राजेन्द्र राईको नेतृत्वमा क्लिन स्वीप गर्‍यो । एमालेले क्लिन स्वीप गरेको एउटै मात्र जिल्ला धनकुटा हो।

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘म्यान अफ द इलेक्सन’को उपाधि दिनुभएको थियो । २०६६ सालमा एमाले धनकुटाको अध्यक्ष निर्वाचित हुनुभएका राई लगातार दुई पटक जिल्लाको नेतृत्व गरिरहनुभएको छ । त्यसैगरि केन्द्रीय सदस्यहरू सकुन्तला बस्नेत र बिना राईलाई सह इन्चार्जको जिम्मेवारी दिइएको छ। संविधानसभा सदस्य टीकाराम चेम्जोङलाई एमालेको प्रदेश १ को प्रदेश कमिटी उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार