काठमाडौंः नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म १ हजार ४०५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया