असार २३, २०८२ सोमबार July 7, 2025

रावलपिण्डीमा बन्दुकधारीको आक्रमण एक प्रहरीको मृत्यु दुई जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएको एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले सोमबार राति रावलपिन्डी जिल्लाको पीर वधई क्षेत्रमा गस्तीमा खटिएका प्रहरी टोलीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको रावलपिण्डीका सहायक प्रहरी उपरीक्षक बिनिश फाले जानकारी दिनु भएको छ ।

आक्रमणपछि बन्दुकधारीहरु घटनास्थलबाट भागेका अधिकारीहरुले जानकारी दिएका छन् । दुई गम्भीर घाइते प्रहरीहरुलाई जिल्लाको अस्पतालमा लगिएको छ ।

घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेका छन् र आक्रमणकारीलाई पक्राउ गर्न खोजी अभियान सुरु गरिएको छ । अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया