असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा एस निकट अखिल नेपाल महिला सङ्घको सातै प्रदेशमा कमिटी गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो । जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया (चमिना) भट्टराईले जानकारी दिनुभयो ।

महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो ।

ग्रामीण क्षेत्रमा राजनीतिक रूपमा महिला हक, हित तथा अधिकारका विषयलाई प्रवर्द्धन गरी महिला उद्यमशीलताका माध्यमबाट उनीहरूको जीवनस्तरमा सुधारका साथै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने कार्य योजना सङ्घले बनाएको छ ।

पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमसमेत गर्दै आएको सङ्घले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार