असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो ।

अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ ।

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो ।

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया