असार २३, २०८२ सोमबार July 7, 2025

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ । उहाँहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराउनुभएको थियो ।

यस वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उहाँहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया