असार २४, २०८२ मंगलबार July 8, 2025

पदाधिकारी छनोट नगरी माओवादी केन्द्रको प्रदेश अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ ।

प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ । घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षसहितका नौ पदाधिकारी चयन गरिने सो पार्टीको प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिनुभयो ।

“प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेर अधिवेशन लम्बिएको भन्ने कुरा गलत हो”, उहाँले भन्नुभयो, “समावेशी प्रतिनिधि र क्लष्टर मिलाउनु परेको जस्ता प्रक्रिया अपनाउनु पर्दा थोरै लम्बिएको हो ।” प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष भण्डारी, नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरी चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी रहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार