काठमाडौंः नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदारले पनि अग्रता बढाएका छन् । कांग्रेसको दुई सभापतिमा पूर्ण खड्का फराकिलो अग्रता बढाउँदै जिततर्फ अगाडि बढेका छन् भने विजय गच्छदारले पनि अग्रता बढाउँदै लगेका छन् ।
यसअघि ३५५८ मत गन्दा धनराज गुरुङसँग ६ मतको अग्रता कायम गरेका गच्छदारले ३७५८ मत गन्दा २० मतको अग्रता लिएका छन् । गच्छदारले १५३१ मत पाउँदा गुरुङले १५११ मत पाएका छन् ।
सबैभन्दा अगाडि रहेका खड्काले १६८८ मत पाएका छन् । चौथो स्थानमा रहेका डा. चन्द्र भन्डारीले १३१७ मत पाएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ । -न्यूज कारखानाा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया