असार २४, २०८२ मंगलबार July 8, 2025

विवेकशील साझामा विवाद : मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेसँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हस्ताक्षर गरेको स्टीकरण पत्रमा पार्टीप्रति आफ्नो जिम्मेवारी बोध नगरी केन्द्रीय समितिका पछिल्ला कयौं बैठकमा लगातार उपस्थित रहने, दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यले बैठकबाट एकमतले गरेका निर्णय अस्वीकार गर्ने र ती निर्णय तथा पार्टी मूल नेतृत्वविरुद्ध अनर्गल र भ्रमपूर्ण प्रचार गरेको आरोप लगाउँदै त्यस्तो कार्य किन गरेको भन्दै प्रश्न गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगमा पटक पटक तथ्यहीन  आरोपसहित निवेनद दिइ किन भ्रम छर्ने कार्य गरेको भन्दै पाण्डसँग जवाफ मागिएको छ ।

पत्रमा लिखित कारणसहितको स्पष्टीकरण पेस गर्न पुस ४ गतेसम्मको समय दिइएको जनाइएको छ। र, जवाफ नदिए कारबाही गरिने चेतावनी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार