काठमाण्डौंः नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भएका हुन् ।
उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी भएको हो ।
गच्छदार नौ मतले धनराजसँग पराजित भएका छन् । उनले १८ सय ६१ मत प्राप्त गरेका छन् । त्यसैगरी डा. चन्द्र भण्डारीले १५ सय ५१ मत पाएका छन् । उपसभापति पदका अर्का उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । महामन्त्री र अन्य पदाधिकारीको मतगणना भने बिहीबार बिहानदेखि हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया