काठमाण्डौंः नेपाली कांग्रेसको सहमहामन्त्रीको निर्वाचनअन्तर्गत खसआर्य कोटामा किशोर सिंह रठौर निर्वाचित भएका छन् ।
निर्वाचित रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । निर्वाचित रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।
हिजोदेखि जारी कांग्रेस सहमहामन्त्रीको मनगणनाअनुसार अहिलेसम्म खसआर्य, दलित, आदिबासी जनजाति, मुस्लिम र महिला गरी ५ क्लस्टरको गणना सकिएकाे छ भने अब तीन क्लस्टरको मात्र अन्तिम नजिता आउन बाँकी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया