असार २५, २०८२ बुधबार July 9, 2025

प्रधानमन्त्री ओलीको १३औं डायलासिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित डायलासिस गरिएको छ । मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर डायलासिस गराएका हुन् ।

यो उनको १३औं डायलासिस हो । ‘उहाँको स्वास्थ्य ठीक छ, नियमित डायलासिस गरेर फर्किनु भयो’ सेन्टरका एक चिकित्सकले भनेका छन् ।

अस्पतालबाट फर्किएका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसेपनि उनी सहभागी भएनन् । डायलासिसपछि आराम गरिरहेकाले उनी बैठकमा सहभागी नभएको, तर निर्णयमा भने उनको सहमति रहेको नेताहरुले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया