बैसाख २०, २०८३ आइतबार May 3, 2026

कैदीको भेषमै अदालत पुगिन सूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । यो पोसाक बर्मामा आमबन्दीले लगाउँछन् ।

कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो । सैन्य सरकारविरुद्ध उजेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाँय तोकेको छ ।

गत फेब्रुवरीमा नागरिक सरकारलाई पदच्युत गरी सेनाले सत्ता लिएपछि बर्मामा राजनीतिक संकट निम्तिएको छ । सेनाको कदमको विरोधमा देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा सेनाको जुन्ता सरकारले १३ हजार जनाको हत्या गरेको विभिन्न अध्ययन प्रतिवेदनमा दर्शाइएकाे छ ।

जेलभित्र कैदीहरुलाई पनि सेनाले अमानवीय व्यवहार गरेको अधिकारवादीहरुले बताउँदै आएका छन् । हालै सार्वजनिक भएको एउटा विवरणमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको छ । सेनाले जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या गरेको जनाइएको छ ।

सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको थियो । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । त्यस्तै, सोही जिल्लाको अर्को एक गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेका छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार