असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस केन्द्रीय सदस्य खुला महिलातर्फ ९ जना निर्वाचित (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनुहुनेमा डा.डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गर्नुभएको जनानकारी दिनुभयो ।

यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । सचिव रिजालले अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको जानकारी दिनुभयो ।

मंगलबार खस आय, आदिवासी जनजातीको मतगणना हुने उहाँले बताउनुभयो । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने रिजाल बताउनुहुन्छ ।

अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकमा सुनुवार

कांग्रेस केन्द्रीय सदस्य अपांगता भएका खुल्लातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक खुल्लातर्फ प्रदीपकुमार सुनुवार २१७१ मतसहित निर्वाचित हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार