श्रावण ४, २०८२ आइतबार July 20, 2025

टिकटकमा कसरी कमाउने क्वाइन : क्वाइन के हो, अनि कति छ मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्तमान समयमा सामाजिक सञ्जाल आम्दानीको राम्रो माध्यम बनेका छन् । युट्युव, फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरहरुले राम्रै आम्दानी गरिरहेका छन् ।

छोटो समयमा नै राम्रो लोकप्रियता कमाउने माध्यम बनेको छ, टिकटक । सामाजिक सञ्जालमा आजभोलि हामीले टिकटकबाट पैसा कमाउन सकिने बारे धेरै सुनेका छौं । टिकटकबाट केका आधारमा पैसा कमाइन्छ भन्ने जिज्ञासा तपाईंलाई पनि पक्कै होला ।

टिकटक प्रयोगकर्ताले टिकटक क्वाइन खरिद गरेर लाइभ स्ट्रिम गर्नेहरुलाई गिफ्ट सपोर्ट गर्छन् । त्यही गिफ्टका आधारमा लाइभ स्ट्रिम गर्नेहरुले पैसा कमाउँछन। आजकाे लेखमा हामी यही विषय समेट्दै छाैं ।

के हो त टिकटक क्वाइन ? 

टिकटक क्वाइन भनेकाे टिकटकभित्रकै एक करेन्सी हाे, जसलाई पैसाले किन्नुपर्ने हुन्छ । टिकटकमा कन्टेन्ट क्रियटरलाई लाइभ स्ट्रिममा यिनै क्वाइनले गिफ्ट किनेर सपोर्ट गरिन्छ ।

प्रचलित विनिमय दरमा निर्भर हुँदै क्वाइनको फरक मूल्य हुन सक्छ । यसको सम्पूर्ण स्वामित्त्व भने टिकटक कम्पनीसँग रहन्छ ।

कति छ त टिकटक क्वाइनको मूल्य? 

देशको मुद्राको बजारमूल्यमा आउने परिवर्तनका आधारमा टिकटक क्वाइनको मूल्य पनि उतारचढाव भइराख्छ । देशअनुसार गिफ्टको मूल्य पनि फरक- फरक हुन सक्छ ।

हाल न‍ेपालमा टिकटक क्वाइनको मूल्य (अमेरिकी डलर अनुसार) कति छ ?  

१०० क्वाइन – रु.  १५६.२६

५०० क्वाइन – रु. ७८६ .०६

२००० क्वाइन -रु. ३२६८ .९९

५०००  क्वाइन  –रु. ६७८१ .४४

१००००  क्वाइन  – रु. १६,३४९ .८१

तपाईंले लाइभ स्ट्रिम गर्नेहरुलाई गरेको गिफ्ट क्रियटरलाई डायमण्डको रुपमा जान्छ । क्रियटरलाई गिफ्ट गर्दा क्वाइन डायमण्डमा परिवर्तन हुन्छ । डायमण्डले क्वाइनको ५० प्रतिशतमात्र मूल्य पाउँछ ।

टिकटक गिफ्टका प्रकार 

पाण्डा – ५ क्वाइन

इटालियन ह्याण्ड – ५ क्वाइन

लव व्याङ्ग – २५ क्वाइन

सन क्रीम -५० क्वाइन

कन्सर्ट- ५००

ड्रामा क्वीन – ५००० क्वाइन -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार