काठमाण्डौंः उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ ।
कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् । -एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया