बैसाख २०, २०८३ आइतबार May 3, 2026

विद्युतीय कारोबारमा कर वृद्धिको प्रस्तावपछि घानाको संसदमा सांसदहरूबीच मुक्का हानाहान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो ।

प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।

प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ ।

सरकारको निर्णयले न्यून आय भएका मानिस र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ । अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ ।

सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार