असार २३, २०८२ सोमबार July 7, 2025

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छुः राष्ट्रपति बाइडेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताउनुभएको छ ।

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उहाँले बताउनुभएको हो ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँलाई सो अन्तर्वार्ताका क्रममा अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उहाँले सो जवाफ दिनुभएको हो । सो क्रममा उहाँले भन्नुभएको थियो– हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार