श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन आग्रह गरेको हो ।

ब्रोण्डब्याण्ड इन्टरनेट जडानका लागि प्राधिकरणले यसअघि सम्झौता गर्न बाँकी रहेका स्थानीय तहलाई एक महिनाको समय दिएर सम्झौता गर्न बोलाएकोे हो । एक महिनाको अवधिसमेतमा सहमतिपत्रमा हस्ताक्षर गर्न नआएको खण्डमा प्राप्त सूचीलाई नै अन्तिम मानी कार्यक्रम अघि बढाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि नै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अगाडि बढाएको थियो ।

छैसठ्ठी जिल्लाका ६५६ मध्ये २६७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने भूकम्पबाट अति प्रभावित आठ जिल्लाका ७६ मध्ये ७१ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणले भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखल ढुङ्गा)का सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थामा ब्रोण्डब्याण्ड इन्टरनेट सेवाको स्तर उन्नति तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्दै आएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार