असार २३, २०८२ सोमबार July 7, 2025

पश्चिमा देशले रुससँग झुट बोले : पुटिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।

हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ ।

पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।

एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे ।

पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार