बैसाख २०, २०८३ आइतबार May 3, 2026

इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

“आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उनलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका छन् ।

सो अवसरमा उनीहरू बीच कोरोनाभाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्धको लडाइको बारेमा पनि विचार आदानप्रदान भएको छ। साथै उनीहरू दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत भएका छन् ।- रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया