असार २३, २०८२ सोमबार July 7, 2025

जापानको ओसाकामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ।

विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड–१९ सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरियन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए। हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टीनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको पुष्टि गरेको छ।

सङ्क्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन्। उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो। ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका सङ्क्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ।

स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन्। ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले कडा सीमा नियन्त्रण मार्फत जापानले ओमिक्रोन भेरिएन्टको प्रवेश रोक्ने प्रयास गरेको बतार्ए। उनले नियन्त्रण प्रयासबीच उक्त घटना सम्भवतः जापानमा ओमिक्रोन सङ्क्रमणको पहिलो घटना भएको बताए। योशिमुराले त्यहाँका बासिन्दाहरूलाई ‘ओमिक्रोन समुदायमा फैलिएको छ’ भन्ने आधारमा आफूलाई संक्रमणबाट जोगाउन कदम चाल्न आह्वान गरेका छन्।

पश्चिमी क्षेत्रमा भएका घटनाहरूलाई सामुदायिक प्रसारणको रूपमा लिनुपर्छ र सरकारले आवश्यक सबै सावधानीहरू अपनाउने कुरा स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीसँग बताए। गोटोले भने, “यतिबेला देशमा कोभिडको ओमिक्रोन संस्करण समुदायसम्म फैलिएको हुनसक्नेमा कुरामा अझै प्रशस्त आधारहरू नभेटिएको भएपनि सावधानी अपनाउनु राम्रो उपाय हुनेछ।

प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार बताएअनुसार जापानले आगामी वर्षको जनवरीको शुरुमा ‘केही समयको लागि’ वर्तमान सीमा नियन्त्रण उपायहरू विस्तार गर्नेछ किनभने एसियाली देश कोभिडका परिवर्तीत संस्करण फैलिनसक्ने तनावको अनिश्चितताबीच सतर्क रहेको छ। रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार