बैसाख २०, २०८३ आइतबार May 3, 2026

क्रिसमस पार्टीमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया