असार २३, २०८२ सोमबार July 7, 2025

भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।

प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए।

झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार