असार २३, २०८२ सोमबार July 7, 2025

डुङ्गा दुर्घटनामा मारिएका १६ जनाको शव इराकमा ल्याइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् ।

शव बोकेको सो विमान उत्तरी इराकको स्वायत्त क्षेत्रको राजधानी अर्बिलमा बिहान करिब २ बजे आइपुगेको थियो । ती शवहरुलाई विमानबाट एम्बुलेन्समा स्थानान्तरण गरी उनीहरूको गृहनगर दरबन्दीखान, रान्या, सोरान र काद्रावामा पुर्‍याइएको समााचारमा जनाइएको छ ।

गत नोभेम्बर २४ मा भएको यस दुर्घटनामा कम्तीमा २७ जनाको ज्यान गएको थियो ।  यो च्यानल फ्रान्सबाट इङ्गल्याण्डसम्मको गोप्य आप्रवासी क्रसिङको हब बनेपछिको यो सबैभन्दा घातक दुर्घटना भएको जनाइएको छ । अर्बिल एयरपोर्टको टर्मिनलमा परिवारजनहरू आफ्ना प्रियजनको अवशेषको आगमनको लागि पर्खिरहेका थिए, कोहीले एकअर्कालाई अँगालो हाल्दै वा आफ्ना स्वर्गीय आफन्तहरूको फोटो देखाउँदै पर्खिरहेका थिए ।

२७ पीडितहरू प्रायः पुरुष थिए तर सात महिला, एक १६ वर्षीया र एक सात वर्षीय बालक पनि रहेका जनाइएको छ । १६ इराकी कुर्दहरू बाहेक, पहिचान गरिएका २६ मध्ये एक इरानी कुर्द, चार अफगान पुरुष, तीन इथियोपियाली, एक सोमालियाली र एक इजिप्टियन रेहका जनाइएको छ  ।

डुङ्गा पल्टिँदा इराकी कुर्द र एक सुडानी नागरिकको मात्रै उद्धार गरिएको फ्रान्सेली गृह मन्त्रालयले जनाएको छ ।इराकी जीवित व्यक्तिका अनुसार जहाजमा जम्मा ३३ जना सवार रहेका थिए । फ्रान्सेली अन्वेषकहरूले अझै पनि प्रकोपको समयमा के भयो भन्ने स्पष्ट चित्र स्थापित गर्ने प्रयास गरिरहेका छन् ।

प्रकोपले लन्डन र पेरिस बीचको ठूलो कूटनीतिक तनाव पनि निम्त्याएको छ  । दुर्घटनाको ४८ घण्टाभित्र, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई क्रसिङ रोक्नको लागि आफ्नो दृष्टिकोणमा “गम्भीर“ नभएको आरोप लगाउनु भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार