असार २३, २०८२ सोमबार July 7, 2025

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुटः उपसभामुख भुइँमा ढले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की  भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसद्मा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद खालिल आतियहले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार