बैसाख २०, २०८३ आइतबार May 3, 2026

फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या  दिनहुँ बढेको हो । पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।

फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् । क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण युरोपमा कोभिड तीव्र फैलिएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले चेतावनी दिएका छन् । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिने फ्रान्सेली अस्पताल महासंघले जनाएको छ ।

सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । फ्रान्समा अहिलेसम्म दुई करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाएका छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार