बैसाख २०, २०८३ आइतबार May 3, 2026

यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन् । उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन् । यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई कारबाहीका नाममा हमलाहरु हुने गरेका र यसमा पनि सर्वसाधारण नागरिकहरु नै पर्ने गरेका बताएका छन् । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा हवाई रुपमा र स्थलगत कारबाही गर्ने गरेको छ । यसमा परेर प्राय हप्तैपिच्छे कैयौँ विद्रोहीहरु मारिने पनि गरेका छन् ।

उक्त सेनाले यमनको दक्षिण पश्चिमी क्षेत्र ताइजमा सोमबार मात्र पनि आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।गत महिनादेखि यहाँको सो सेनाले उक्त क्षेत्रमा पनि कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।

मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । निरन्तरको यस्तो कारबाहीले मारिबबाट मात्र कम्तीमा ३५ हजार स्थानीय नागरिक भागेर अन्यत्रै पुगेका राष्ट्रसंघका विशेष दूत ह्यान्सले जानकारी दिएका हुन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार