श्रावण ४, २०८२ आइतबार July 20, 2025

टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून देखिएको छ । ११६.५६ रुपैयाँ रहेको टेलिकमको प्रति शेयर आम्दानी बिदा हुने तरखरमा रहेका वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकालमा ५७.३७ प्रतिशतले घटेर ४९.६९ प्रतिशतमा झरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा अधिकारी प्रबन्ध निर्देशक नियुक्त हुनु अघि अर्थात् २०७४/०७५ मा कम्पनीको प्रति शेयर आम्दानी इतिहासकै उच्च विन्दुमा रहेको थियो । तर उनको तीन वर्षे कार्यकाल सुरु भएसँगै त्यस्तो आम्दानीमा लगातार गिरावट देखिएको हो ।

स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन

नेपाल टेलिकमको वित्तीय प्रतिवेदन अनुसार अधिकारीको कार्यकालको पहिलो वर्ष (२०७५/०७६) मा ६५.०५ रुपैयाँमा झरेको प्रति शेयर आम्दानी दोस्रो वर्ष (२०७६/०७७) मा ६४.९९ रुपैयाँ र तेस्रो वर्ष (२०७७/०७८) मा ४९.६९ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको आम्दानी र नाफा दुवैमा गिरावट आउँदै गएपछि त्यसको असर कम्पनीको प्रति शेयर आम्दानीमा समेत परेको हो ।

कम्पनीमा नेपाल सरकारको ९१.५० प्रतिशत, सर्वसाधारणको ८.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै यही पुस २२ गते बाहिरिँदैछन् ।

रिक्त रहने टेलिकम प्रमुख नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । जसका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चार वर्षे नयाँ कार्यकालका लागि कम्पनीको बिग्रिँदो वर्तमान आर्थिक परिसूचक र बजार सुधार गर्नुपर्ने चुनौती सामना गर्न त्यति सहज हुनेछैन । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार