काठमाण्डौंः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए।
रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो।
रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाखभन्दा बढी फौज तैनाथ गरेको छ। सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाइ छ।
युक्रेनमाथि हुने जुनसुकै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन्। पुटिन र बाइडेनबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको थियो। यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबीच भएको दोस्रो हो। -न्युज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया