असार २३, २०८२ सोमबार July 7, 2025

मालीमा आतङ्कवादी हमलाः ८ सैनिकको मृत्यु ७ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ।
बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ ।

“मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्।सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसारआक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ । मालीको वायुसेनाले गरेको हवाई हमलाका कारणआतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन्२०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ। रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार