बैसाख २०, २०८३ आइतबार May 3, 2026

मालीमा आतङ्कवादी हमलाः ८ सैनिकको मृत्यु ७ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ।
बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ ।

“मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्।सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसारआक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ । मालीको वायुसेनाले गरेको हवाई हमलाका कारणआतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन्२०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ। रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार