असार २३, २०८२ सोमबार July 7, 2025

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई वर्तमान राष्ट्रपति मुन जे-इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ।

सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन।
एक हप्ता अघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो।

पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन्।

ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो। पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।(रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार