असार २३, २०८२ सोमबार July 7, 2025

यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् ।

यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।

यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो ।

त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए ।

त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्तका क्रममा ३७ जना हुथीहरु मारिएका र अरु केही घाइते भएका बताइएको छ । उता साउदी अरेबिया नेतृत्वको सेनाले सोही शहरमा हवाई कारबाही पनि गरेको छ ।

सो कारबाहीमा परी दर्जनौँ हुथी विद्रोही मारिएको बताइएको छ । साथै सो सेनाले ठूलो मात्रामा हुथीहरुका आश्रयस्थल पनि ध्वस्त पारिदिएको पनि बताएको छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार