असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना कहरः अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्।

आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ ।

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।

आइतवार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार